दिल्ली र रोयल्सबीचको खेल आज, सन्दीपले पाउलान् मैदान उत्रिने अवसर ?

 

  

बैशाख ९, नयाँ दिल्ली । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार दिल्ली क्यापिटल्स् र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

null

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली र राजस्थानबीचको खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ८ः४५ मा सुरु हुनेछ । 

दुवै टीम जीत हात पार्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । 

राजस्थानविरुद्ध दिल्लीले ५ खेलमा ८ विकेट हात पारिसकेका नेपाली क्रिकेटर सन्दीपलाई पनि मैदान उतार्ने सम्भावना रहेको छ । शनिबार पञ्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिबारको खेलमा दिल्लीले ५ विकेटको जित निकालेको थियो । 

शनिबार घरेलु मैदानमा भएको खेलमा पञ्जाबलाई हराएर दिल्लीले छैटौं जित हात पारेको हो। जितसँगै दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *