अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने

काठमाडौं, ८ चैत्र । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओसीमा हस्ताक्षर हुने भएको हो । 

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी दूतावासले श्रम सचिवसमक्ष पेस गर्ने कार्यक्रम छ । 

 

null

जापान स्वयंमका लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको श्रम मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ । यो समाचार गोपाल साउदले नयाँ पत्रिकामा लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =