यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, १५ चैत । आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा शुक्रबारबाट सुरू हुन गइरहेको लगानी सम्मेलन परेको छ । पूर्वराज्यमन्त्रीसहित ७ विरुद्ध अदालतले सुनाएको जन्मकैदको फैसलालाई पनि आजका पत्रिकाहरूले ‘कभरेज गरेका छन् । यसबाहेक छुवाछुत, एसईई परीक्षामा लापरबाही, कर्मचारी समायोजनलगायत विषयले पनि आजका पत्रिकामा ठाउँ पाएका छन् । 

 

मुख पृष्ठमा लगानी सम्मेलनमा सहभागी हुन आएका पाहुनाको तस्वीर छापेको कान्तिपुरले प्रदेश सांसदलाई छक्याएर दलालले ठगी गरेको लेखेको छ । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झण्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेका हुन् । कान्तिपुरका अनुसार अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएको पाइएको छ । 

null

 

गोरखापत्र दैनिकले लगानी सम्मेलनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ता छापेको छ । 

 

विश्वकै लामो नुन–गुफाको तस्वीर छापेको अन्नपूर्णले लगानी सम्मेलनमाथि मुख्य समाचार बनाएको छ । ओखलढुंगाको खानेपानी समस्यालाई अन्नपूर्णले एंभर बनाएको छ । नागरिकको पहिलो पृष्ठमा अपांगमैत्री सडक माग गर्दै अपांगता भएका व्यक्तिले गरेको प्रदर्शन, लगानी सम्मेलनलगायत समेटिएका छन् । 

 

राजधानीले कर्मचारी समायोजनसँगै सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झण्डै २० हजार पदमा लोकसेवा खुलाउने गृहकार्य अघि बढेको लेखेको छ । समाचार अनुसार, कुन तहमा कति भर्ना खुल्ने भन्ने संख्या भने सरकारले निक्र्योल गर्न सकेको छैन । सरकारी पक्ष लामो समयसम्म कर्मचारी समायोजनमा अल्झिँदा लोकसेवाका परीक्षा अवरुद्ध हुँदै आएका थिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =