राष्ट्रिय टोलीमा मेस्सीको पुनरागमन, अर्जेन्टिनाको नमीठो हार

एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लियोनेल मेस्सीको पुनरागमन बिर्सनलायक बनेको छ । शुक्रबार भेन्जुयलासँग भएको मैत्रीपूर्ण खेल अर्जेन्टिनाले ३-१ ले हारेपछि मेस्सीको पुनरागमन बिर्सनलायक बनेको हो ।रसिया विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किएका मेस्सीले हिजोको खेलमा गोल गर्न पनि सकेनन् । यसअघि अर्जेन्टिनाले खेलेका ६ अन्तराष्ट्रिय खेल मेस्सीले खेलेका थिएनन् । अर्जेन्टिनालाई ३-१ ले पराजित गर्ने क्रममा भेनजुयलाले खेलको पहिलो ६ मिनेटमा नै अग्रता लिएको थियो । सो गोल सलोमन रोण्डेनले गरेका थिए । 

भेनेजुयलाले सो अग्रतालाई पहिलो हाफको ४४ औं मिनेटमा जोन मुरिलोले गोलले दोब्बर पारेको थियो । पहिलो हाफ २-० सकिएको खेलमा भेनजुयलाको लागि तेश्रो गोल जेसेफ मार्टिनेजले पेनाल्टी मार्फत गरे । अर्जेन्टिनाका हुवान पोयेथले पेनाल्टीवक्समा फल गरेपछि खेलको ७५ औं मिनेटमा पेनाल्टी दिइएको थियो । यसैगरी अर्जेन्टिनाका लागि एक मात्र सान्त्वना गोल लौटोरेले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *