फेसबुक र इन्स्टाग्राममा देखियो समस्या

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । बुधबार साँझदेखि केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अरू केहीका खुले पनि राम्ररी चलेका छैनन् । प्रयोगकर्ताहरूले बताएअनुसार यी दुवै सामाजिक सञ्जालले इरर म्यासेज देखाइरहेका छन् । 

केही प्रयोगकर्ताहरूकोमा फेसबुक खुले पनि उनीहरूले फोटा अपलोड गर्न, स्टाटस राख्न वा पेजहरू खोलेर पोस्ट गर्न पाइरहेका छैनन् । संसारका विभिन्न देशका प्रयोगकर्ताहरूले आफ्नो फेसबुक र इन्स्टाग्राम नचलेको बताएका छन् । 

 

null

अमेरिका, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिको जस्ता देशका प्रयोगकर्ताले बुधबार आफूहरूले यी दुई सामाजिक सञ्जाल चलाउन नसकेको बताएका छन् । एसियाली मुलुकमा पनि धेरै प्रयोगकर्ताले चलाउन पाइरहेका छैनन् । सबैभन्दा बढी समस्या इंल्यान्डमा देखिएको मिरर डट युकेले जनाएको छ । 

करौडौं प्रयोगकर्ताले चलाउँदै आएका यी एपमा किन समस्या आयो भन्ने प्रस्ट छैन । कति समयमा चल्ने हो भन्ने पनि यकिन छैन । फेसबुक र इन्स्टाग्राम चल्न छाडेपछि मान्छेहरू ट्वीटरमा जोडिएको पनि मिरर डट युकेले लेखेको छ । 

एक जना प्रयोगकर्ताले लेखेका छन्, फेसबुक र इन्स्टाग्राम बन्द भए, यसले मान्छेहरूलाई तुरून्तै याद दिलायो कि ट्वीटर पनि छ । यो भनेको आफूलाई मनपर्ने वाइन सकिए जस्तो भयो, अनि फ्रिजबाट बियर झिकेर खाए जस्तो भयो । 

अर्काले लेखेका छन्, फेसबुक बन्द भए जस्तो छ । मान्छेहरू अब साँच्चै मान्छेसँग कुराकानी गर्न जान थालेका छन् । 

फेसबुक र इन्स्टाग्राममा आएको यो समस्याबारे कम्पनीका प्रवक्ताले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, अहिले देखिएको समस्या संसारभर नै हो । हाम्रा इञ्जिनियरहरू यसमा काम गरिरहेका छन् । समस्याबारे थाहा हुनासाथ हामी जानकारी गराउनेछौं । 

गत डिसेम्बरमा पनि फेसबुक बन्द भएको थियो । त्यसबेला धेरैले फेसबुक ह्याक भएको अनुमान गरेका थिए । संसार भर फेसबुक र इन्स्टाग्रामका २/२ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । यी दुवै मार्क जुकरवर्गका कम्पनी हुन् । जुकरवर्गकै अर्को कम्पनी ह्वाट्सएपमा भने कुनै समस्या आएको पाइएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =