आईपीएल: सन्दिपको टिम दिल्लीले मुम्बईलाई हरायो

काठमाडौं, ११ चैत्र । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले मुम्बई इण्डियन्सलाई ३७ रनले पराजित गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रनको बलियो योगफल तयार पारेको थियो । २९ रनमा शुरुवाती दुई विकेट गुमाएको दिल्लीका लागि मध्य क्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे ।ऋषब पन्तले अविजित ७८ रन बनाए । उनले २७ बलमा सात चौका र सात छक्का प्रहार गरेका थिए । 

 

null

यस्तै कोलिन इन्ग्रामले ३२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४७ रन बनाएका थिए । यस्तै ओपनर शिखर धवनले ३६ बलमा ४३ रन बनाएका थिए । बलिङतर्फ मिचेल म्यालेनाघनले तीन विकेट लिए भने जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या र बेन कटिङले एक एक विकेट हात पारे । 

२१४ रनको लक्ष्य पछ्याएको मुम्बई १९.२ ओभरमा १७६ रनमा अलआउट भयो । उसका लागि युवराज सिंहले सर्वाधिक ५३ रन बनाए । युवराज बाहेक क्रुनाल पाण्ड्यले ३२, क्वीन्टन डिककले २७ रन बनाउँदा अन्य ब्याट्सम्यानहरु सस्तैमा पवेलियन फर्किए । 

 

मुम्बईलाई हराउनका लागि इशान्त शर्मा र कागिसो रबाडाले दुई दुई विकेट लिए । दिल्ली क्यापिटल्समा आवद्ध नेपाली बलर सन्दीप लामिछाने भने खेलमा प्लेइङ सेटमा पर्न सकेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *