स्पेनिस ला लिगा: मेस्सीले २ गोल गरेपछि स्पान्योल पराजित

काठमाडौं, १७ चैत्र । स्पेनिस ला लिगामा लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।
पहिलो खेल गोलरहित बराबरीमा रोके पनि स्पान्योलले नाउ क्याम्पमा बार्सिलोनाको अग्रपंक्तिलाई रोक्न सकेन । मेस्सीले खेलको ७१ औं र ८८ औं मिनेटमा गोल गरेका थिए । योसँगै मेस्सीले जारी सिजन आफ्नो गोलसंख्या ४० पुर्याएका छन् । त्यसमध्ये ३१ गोल ला लिगामा गरेका छन् ।
null
मेस्सी ला लिगा इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । ३१ वर्षीय अर्जेन्टिनी सुपरस्टार मेस्सीले सन् २००९ यता दशौंपल्ट प्रति सिजन कम्तीमा ४० गोल गरेका छन् । यो खेलसँगै बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ । स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ ।








