पूर्वी चितवनमा प्रहरी सक्रिय: अवैध काठ र गाँजा बरामद, जुवाडे पक्राउ

 

चैत ३, चितवन । पूर्वी चितवनको विभिन्न क्षेत्रबाट प्रहरीले जुवाडेसँगै अवैध काठ, लागुऔषध, गाँजा बरामद गरेको छ । 

पूर्वी चितवनमा प्रहरीले विभिन्न आपराधिक गतिविधी नियन्त्रणका लागि सक्रियता देखाएकै बेला यहाँका तीन स्थानबाट जुवाडे पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले शनिबार रत्ननगर नगरपालिका–१२ जयमंगलामा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । 

null

उनीहरुको साथबाट प्रहरीले एक लाख एक हजार २५ रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । 

आइतबार कालिका नगरपालिका वडा नम्बर– जुटपानीबाट ना ६ त १६५८ नम्बरको ट्याक्टरमा लोड गरिएको ११० पिस सिसौको अवैध चिरान काठ बरामद गरेको डिएसपी ज्ञवालीले बताए । काठ बरामद भएको ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाएको उनले जानकारी दिए । 

पूर्वी चितवनमा प्रहरी एक साता अघि मात्रै एक टोल एक घण्टा अप्रेशन सञ्चालन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *