हजारौँ समर्थकहरुका अगाडी शाहले भने, ‘मलाई नेविसंघको सभापति बनाउनुस्, संगठन चलायमान बनाउँछु’

 

१० चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दावी प्रस्तुत गरेका छन् । 

आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व आफूलाई दिन माग गरेका हुन् । आफ्नो दावी प्रस्तुत गर्न उनी शक्ति प्रदर्शनसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । नेविसंघ कार्यकर्ताहरु बस र मोटरसाइकल चढेर बूढानीलकण्ठ पुगेका थिए । 

null

करिब दुई हजार समर्थकहरुको भिडलाई नेतृत्व गर्दै शाहले पार्टी सभापति शेर बहादुर देउवालाई भने, ‘विगतदेको महाधिवेशन गर्ने कार्यदेखि लिएर अहिले पनि मेरो सक्रियता र ग्राउन्ड लेभल हेर्ने हो भने नेविसंघको नेतृत्वमा अरु विकल्प छैन ।’ 

नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न ऋषिकेशजंग शाह सक्रिय छन् । उनले पार्टी र विद्यार्थीका नेताहरुसँग भेटेर लबिङ गर्दै आएका छन् । आफूलाई नेविसंघमा प्रभावशाली मान्ने दुरेन राई, दुजाङ शेर्पा, शंकर पौडेल, प्रेमराज जोशीलगायतको पनि समर्थन रहेको शाहले बताए। 

त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष भइसकेका पौडेल ११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । ११ औं महाधिवेशनताका दुजाङ सिटौला समूहमा थिए । जोशी महर नेतृत्वको कार्यसमितिमा नेविसंघको प्रवक्ता थिए । 

कार्यक्रममा पौडेलले भने, ‘नेविसंघको अधिवेशन गर्न सक्ने खालको कार्यसमिति आवश्यक छ । संरचनागत ज्ञान भएको, सम्बन्ध राम्रो भएको, विद्यार्थीलाई परिचालन गर्न सक्ने, पार्टीलाई बलियो बनाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । आजको यो कार्यक्रमले सभापतिज्यूलाई केही सन्देश पक्कै दिएको छ ।’ 

यसैगरी राईले नेविसंघको नेतृत्वमा ऋषिकेश नै अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु सर्वसत्तावादतर्फ उन्मुख भइरहेको गम्भीर परिस्थितिमा विद्यार्थीहरुलाई हाक्नका लागि अहिले जुझारु र सशक्त नेतृत्वको आवश्यकता छ । त्यसैले हामीले ऋषिकेशजंग शाह नै अहिलेको आवश्यकता हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *