अवैध वन फडानी गर्ने सामुदायिक वन अध्यक्षद्वारा पदबाट राजिनामा

चैत्र १६, कैलाली । अवैध रुपमा रुख काटेको आरोपपछि कैलालीको चुरे गाउँपालिका सालघारी सामुदायिक वनका अध्यक्षले राजिनामा दिएका छन् । वनका अध्यक्ष हिक्मत शाहले पदबाट राजिनामा दिएका हुन् ।  

अध्यक्ष नै वन फडानीमा संलग्न भएको देखिएपनि सामुदायिक वनले बोलाएको भेलामा अध्यक्ष शाहले पदबाट राजिनामा दिएका हुन् । कैलालीको चुरे गाउँपालिकामा पर्ने शिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि अन्य सामुदायिक वनमा पनि छानविन भईरहेको छ । 

चुरे गाउँपालिका सालघारी सामुदायिक वनमा साल र सल्लाका रुखहरु अवैध रुपमा काटिएको छ । सालघारी सामुदायिक वन भएर डोटीको विपिनगर क्षेत्रमा विद्युतीकरण भईरहेको छ । विद्युतीकरणका लागि रुख बाधक बनेपनि सामुदायिक वनका अध्यक्ष हिक्कम शाह र चुरे गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष टेकवहादुर शाहको ठाडो निर्देशनमा साल र सल्लाका रुख काटिएको आरोप छ । 

null

 

अवैध रुपमा रुख कटानीको आरोपपछि ईलाका नन कार्यालय खानीडाँडाले उनलाई स्पष्टिकरण सोधेको थियो । तर, शाहले जवाफ समेत नदिइ राजिनामा दिएको ईलाका वन कार्यालयका प्रमुख डवल बोहाराले बताए ।  

विपिनगर क्षेत्र सम्म विद्युतीकरणको ठेक्का पाएका ठेकेदारले वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्ष शाहलाई आर्थिक प्रलोभनमा पार्दै अवैध रुपमा रुख काटेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयका अनुसार विद्युतीकरणको ठेक्का पाएको ठेकेदारबाट वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्षले २ लाख रकम लिएको र ३० हजारमा पदम भण्डारीलाई रुख काट्न आदेश दिएका हुन् । बाँकी १ लाख ७० हजार भने वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्षले खल्तीमा हालेको आरोप छ । 

यस्तै भेलाले सामुदायिक वनका अनुगमन समिति संयोजक पदम भण्डारीलाई पदबाट हटाएको छ । भेलाले अध्यक्ष शाहलाई एक लाख ७४ हजार रुपैयाँ बिगो समेत असुल गर्ने निर्णय गरेको वनका उपभोक्ताहरुले जनाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *