अर्जेन्टिनी टिममा फर्किए मेस्सी, अगुइरो र हिगुइन परेनन्

एजेन्सी । अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लिओनल स्कालोनीले प्रारम्भिक टोली घोषणा गरेका छन् । आगामी मार्च २२ मा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीको घोषणा भएको हो । 

सार्वजनिक टोलीमा रसिया विश्वकपपछि टोलीबाहिर रहँदै आएका स्थायी कप्तान लिओनल मेस्सीलाई ९ महिनापछि पहिलोपटक समावेश गरिएको छ । तर, मेस्सी लामो समयपछि राष्ट्रिय टोलीमा फर्किंदा टोलीका अन्य स्टार खेलाडीलाई सो टोलीमा राखिएको छैन । 

 

null

सार्वजनिक टोलीमा मेस्सी पर्दा इंग्लिस टोली म्यानचेस्टर सिटीका सर्जियो अगुइरो परेका छैनन् । त्यसैगरी, इटालियन इन्टर मिलानका माउरो इकार्डीलाई पनि टोलीमा राखिएको छैन । त्यस्तै, चेल्सीका गोन्जालो हिगुइनलाई पनि टोलीमा राखिएको छैन । तर, इटालियन युभेन्टसका पाउलो डिबाला तथा पिएसजीका एन्जल डि मारियालाई भने टोलीमा समावेश गरिएको छ । 

 

अर्जेन्टिनाले आगामी मार्च २२ मा स्पेनमा भेनेज्वेलासँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसको ४ दिनपछि ट्यांगियारसँग दोस्रो खेल पनि हुनेछ । मेस्सी २०१८ को जुनमा रसियामा भएको विश्वकपपछि करिब ९ महिनाको अवधिमा पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *