‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर प्रधानमन्त्री बनेको छु’

 

चैत ८, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । 

तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकै कारण उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । 

null

पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, ‘लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।’ 

यस्तै प्रम ओलीले सरकारले चौतर्फी विकास गर्न थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको दाबी गरे । विप्लव समूहको हिंसात्मक गतिविधि नियन्त्रण गर्न खोज्दा पनि सरकारको आलोचना गर्दै बर्बाद भयो भनेर विपक्षीहरु कराउन थालेको उनले आरोप लगाए । 

विज्ञानको करामतले आफू अहिले प्रधानमन्त्री बनेको उनको भनाइ थियो । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने पनि जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *