ला लिगा: मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

एजेन्सी । मेस्सीको शानदार प्रदर्शनसहित बार्सिलोनाले ला लिगा फुटबलमा १० अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले रियल बेटिसमाथि ४–१ को गोल अन्तरले पराजित गरेको हो । 

अवे मैदानमा भएको खेलमा मेस्सीले पहिलो हाफमा दुई गोल गरेका थिए । भने, दोस्रो हाफमा उनले एक गोल थपे । त्यस्तै एक गोल लुइस स्वारेजले हानेका थिए । यस्तै रियल बेटिसले दोस्रो हाफमा एक गोल फर्काएको थियो । 

 

null

मेस्सीले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६३ औँ मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ८२ औँ मिनेटमा रियल बेटिसका लागि मोरोनले एक गोल फर्काए । 

 

८५ औँ मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले ला लिगामा गरेको यो ३३ औँ ह्याट्रिक हो । खेल बार्सिलोना ४–१ ले विजयी भयो । जितपछि शीर्षस्थानको बार्सिलोनाको २८ खेलबाट ६६ अंक भएको छ र उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ । 

 

आइतबार राति भएका अरु खेलमा सेभिल्लाले स्पानियोललाई १–०, रियल भालाडोलिडले एइबरलाई २–१ तथा भिल्लाारियलले रायो भालेकानोलाई ३–१ ले हरायो । यस्तै भ्यालेन्सिया र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *