आइपिएल सिजन १२ को पहिलो खेलमा चेन्नईको सहज जित


एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल सिजन १२ को पहिलो खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सले सहज जित हात पारेको छ । चेन्नईले हिजो भएको पहिलो खेलमा विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर बैंगलोरलाई बलिङको निम्तो दिएको चेन्नईले ७१ रनको लक्ष्य पाएको थियो । ७१ रनको सामान्य लक्ष्य चेन्नईले ३ विकेटको क्षतिमा भेटेको हो । चेन्नईका लागि अम्बाती रायडूले २८, सुरेश रैनाले १९ र केदार जाधवले १३ रन जोडेका थिए ।
null
चेन्नईले उक्त लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो । चेन्नईका सुरेश रैनाले आइपिएलमा ५००० रन पूरा गरे । बलिङतर्फ बैंगलोरका लागि मोहम्मद सिराज, मोइन अली र युजभेन्द्र चहलले एक(एक विकेट लिएका थिए ।
पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरका ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन । बैंगलोरका एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके । बैंगलोरका ओपनर पार्थिव पटेलले मात्रै २९ रन बनाउन सके । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । चेन्नईका हरभजन सिंह र इमरान ताहिरले तीन तीन विकेट लिए भने रवीन्द्र जडेजाले दुई र ड्याने ब्राभोले एक विकेट लिए ।
आइपिएलको दोस्रो दिन आज आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादको खेल हुनेछ भने दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स उत्रिनेछ ।
