रोटी धेरै खानेहरु हुनुहोस् सावधान !

 

फागुन २६, काठमाडौँ । रोटी र खाना (चामल) दैनिक प्रयोग हुने  आहार हुन् । रोटीमा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । त्यसैले यसलाई मुख्य आहार मानिन्छ । तर केही व्यक्तिका स्वास्थ्यका लागि रोटी खानु हानिकारक छ । 

जुन मानिसहरुको शरीरमा अक्सालेटको मात्रा आवश्यकता भन्दा धेरै हुन्छ, उनीहरु रोटी खानबाट टाढै रहनुपर्छ । किनकी रोटीमा अक्सालेटको मात्रा धेरै हुन्छ । यदि अक्सालेटको मात्रा शरीरमा ज्यादा भयो भने यसले हाम्रो शरीरमा हानि पुर्याउँछ । जसकारण हामी धरै बिरामी हुन्छौँ । 

null

 

यस्तै बासी रोटी पनि केही मानिसहरुका लागि लाभदायी हुन्छ भने केहीका लागि हानिकारक हुन्छ । जसको शरीर जस्तोसुकै भोजन पचाउने क्षमता राख्छ, उसको लागि रोटी फाइदाजनक छ भने पाचनक्रिया ठीक नहुने मानिसका लागि बासी रोटी नोक्सानदायक छ । 

यसैगरी जसको शरीर कमजोर छ, उनीहरुले बासी रोटी खाएमा फुड पोइजन हुन सक्छ । फुड पोइजन एकदमै खतरनाक सावित हुन सक्छ । यसले मानिसको ज्यान समेत लिन सक्छ । 

यदि तपाईं बासी रोटी सेवन गर्नुहुन्छ भने तपाईंको शरीरभित्र हल्का शर्दी सधैँ रहन्छ, जसले तपाईंको शरीरलाई पुरै कमजोर बनाउँछ । फ्रिजमा राखेर मात्रै बासी रोटीको सेवन गर्नुपर्छ । किनकी बासी रोटी बाहिर खुल्ला छोडियो भने त्यसमा ब्याक्टेरिया उत्पन्न हुन्छ र पेटसम्बन्धी विभिन्न रोगहरु लाग्न सक्छ । 

–एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *