यी  टिप्सहरू अपनाए तपाईको खाना जन स्वादिष्ट, घरको मास्टर शेफ बन्नु हुनेछ

 

चैत्र १५ काठमाडाैँ ।  खाना एउटा यस्तो चिज हो जसले हाम्रो भोग मेट्नुको साथै बाँच्नको लागि अति आवश्यक खाद्य पदार्थ हाे । मानिस कोही पनी खाना नखाई बाँच्न नै सक्दैन । जाे काेही मानिस पनी बाँच्नकाे लागि खाना खानु अति जरूरी हुन्छ । मानिस खाना खाद पनी स्वादिष्ट खाना खान  नै बढी रुचाउँछन् । नमिठो खाना भयो भने नाक खुम्चाउँनु मानिसको स्वाभव नै हो । खाना खादा त्यती बेला मज्जा आउँछ जब खाना स्वादिष्ट हुन्छ । मानिस खाना बनाउँने बेला यस खानालाई कसरी स्वादिष्ट बनाउँन सकिन्छ भन्नेतिर लाग्छन् तर जति कोशिस गर्दा पनी कहिले काही खाना नमिठो हुन्छ । तर तपाईले चिन्ता नलिनुहोस् खानालाई यी तलको टिप्स अपनाए तपाइकाे खाना  स्वादिष्ट हुनुकाे साथै तपाइलाइ बनाउँनेछ भान्छाकाे मास्टर शेफ ।  

– खीरमा गाढापन बढाउनका लागि खीरमा नरिवलको पाउडर हाल्नुहोस् । स्वाद र गाढापन दुबै बढ्छ । 

null

– यदि तपाईं कटहरको तरकारी बनाइराख्नु भएको छ भने पकाइसकेपछि यसमा थोरै कागतीको रस राख्नुहोस् । यसो गर्दा स्वाद बढ्छ । 

– सूजीको हलुवामा थोरै बेसन हाल्नुहोस्, हलुवा स्वादिष्ट बन्छ । 

– दुधलाई उमाल्ने बेला थोरै अलैंची पाउडर हाल्नुहोस् । हरेक पल्ट मिठो चिया बन्छ । 

– इमलीको अचारमा थोरै भुटेको जिरा, धनियाँ र रातो खुर्सानी पाउडर हाल्नुहोस्, यसले स्वाद बढाउँछ । 

– यदि तपाईं पनिरको तरकारी बनाइराख्नुभएको छ भने पनिरलाई तेलमा तार्नुको साटो उमालेको पानीमा केही बेरसम्म राख्नुहोस् । पनिर नरम हुन्छ । 

– यदि काँचो अण्डा फुटेको छ भने पानीमा एक सानो चम्चा भिनेगर हाल्नुहोस् र अण्डा उमाल्नुहोस् । यस्तो गर्दा काँचो अण्डा बाहिर निस्कँदैन । 

– यदि तरकारीबाट जलेको गन्ध आइरहेको छ भने पाउरोटीका केही टुक्रा हालेर ढाक्नुहोस् र केहीबेर पछि निकाल्नुहोस् । तपाईंको तरकारी केही हदसम्म ठिक हुन्छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *