गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ ‘मातृभूमि कप’ क्रिकेट हुने


चैत ५, काठमाडौँ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि कीर्तिपुर मैदानमा सहयोगार्थ ‘मातृभूमि कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
चैत २३ गते हुने प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहने नेश्नल टीम ए र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने नेश्नल टीम बी बीच खेल हुने सिताराम कट्टेलले जानकारी दिए । प्रतियोगिताबाट उठेको रकम फाउण्डेशनले रंगशाला निर्माणमा खर्च गर्नेछ ।
null
कप्तान पारसको टोलीमा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
उपकप्तान ज्ञानेन्द्रको टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध क्रिकेट रंगशाला बनाउनका लागि विभिन्न संघ संस्था, चलचित्रकर्मी, राजनीतिज्ञ, स्वेदश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् ।
गत माघ १६ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त रंगशाला निर्माणको घोषणा गरिएको थियो । अहिले रंगशाला निर्माणका कामहरु भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो।
