यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, १४ चैत्र । काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरूको प्राथमिकतामा लगानी सम्मेलन परेको छ । भोलिबाट सुरू हुने सम्मेलनबारे पत्रपत्रिकाहरूले विभिन्न कोणबाट व्याख्या, विश्लेषण गरेका छन् । यसबाहेक सर्वोच्चको न्याय सम्पादन, निःशुल्क औषधि खरिदमा देखिएको लापरबाही, विद्युत्तीय सवारी साधन प्रयोगलगायत विषय पनि पत्रिकाहरूको हेडलाइन बनेको छ । 

 

हिंसामा परेकी एक महिलाबारेको कथा छापेको कान्तिपुरले लगानी सम्मेलनमाथि मुख्य समाचार लेखेको छ । समाचार अनुसार लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ । कान्तिपुरमै विद्युत्तीय सवारी साधनको बजार बढेको अर्को खबर पनि छ । 

null

 

अन्नपूर्णका अनुसार न्यायाधीश अभाव देखाउँदै सर्वोच्चले अहिले अधिकांश मुद्दा हेर्न नभ्याइनेमा राखेको छ । अहिलेसम्मकै सबैभन्दा धेरै मुद्दा यस्तो सूचीमा राखिएको अन्नपूर्णको खबरको सार छ ।रेल कुदाउन चीन आतुर देखिएको अर्को खबर पनि अन्नपूर्णमा छ । 

 

नागरिकले नेपाल ट्रस्ट धनी रहेको १ सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा बनाएको लेखेको छ । मन्त्रिपरिषदबाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको नाममा बनाइएको हो । रकमान्तर गरेर मन्त्री र पीएलाई तलब खुवाइएको खुलासा पनि आजको नागरिकले गरेको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *