साफ महिला च्याम्पियनसिपः पहिलो हाफ नेपाल १–० ले अगाडी

चैत्र ६, विराटनगर । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो हाफमा नेपालले अग्रता कायम गरेको छ । खेलको पहिलो हाफमा नेपालले १ गोल गरेको छ । 

नेपाललाई अग्रता दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट नेपालले सेमिफाइनलमा अग्रता लिएको हो । पेनाल्टी बक्स भित्र सावित्रा भण्डारीले हेडमार्फत दिएको पासमा ६ यार्ड बक्सबाट पुनमले सहजै गोल गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *