साफ महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतको १-१ काे बराबरी

 

चैत ८, काठमाडौँ । पाँचौँ साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन् । 

दुवै टिम उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ । 

null

खेलको २६ औँ मिनेटमा चार पटक उपाधि उचालेको भारतले १ गोल गर्दै अग्रता लिएको थियो । तर त्यसको केही समयपछि नेपाली फुटबलरले १ गोल गर्दै बराबरी गरेकी थिइन् । खेलको ३३ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले १ गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् । 

भारत लगातार पाँचौ पटक उपाधि जित्ने दाउमा छ भने नेपाल पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *