संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी । स्वान्सी सिटीमाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको खेलमा जित दर्ता गरेको हो । 

 

तुलनात्मक रुपमा कमजोर स्वान्सी विरुद्द म्यानचेस्टर सिटीका खेलाडीले गरेको दुई तथा पाएको एक उपहार गोलको सहयोगमा जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । 

null

 

२० औँ मिनेटमा पाएको पेनाल्टीमा म्याट ग्राइम्सले गोल गर्दै स्वान्सीलाई सुरुवाति अग्रता दिलाए । २९ औँ मिनेटमा बर्सान्त सेलिनाले गोल गरेपछि पहिलो हाफमा स्वान्सीले २–० को अग्रता बनायो । 

 

म्यानचेस्टर सिटी दोस्रो हाफमा खेलमा फर्कियो । उसका लागि ६९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे । ७८ औँ मिनेटमा स्वान्सीका गोलरक्षक क्रिष्टोफर नोर्डफेल्ड्टले जोगाउने प्रयासमा आफ्नै पोस्टमा गोल गरे । 

 

८८ औँ मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि विजयी गोल गरे । अग्युरोको गोलले म्यानचेस्टर सिटीको सेमिफाइनल यात्रा तय गरेको हो । अग्युरोको गोलमा केही विवाद भएको थियो । तर त्यहि गोलले टिम विजयी भयो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *