युरोकप छनोट: जर्मनीद्वारा नेदरल्याण्ड्स पराजित, बेल्जियमको सहज जित

एजेन्सी । युरोकप छनोट अन्तर्गत जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले पराजित गरेको छ । त्यस्तै, बेल्जियमले छनोट अन्तरगत लगातार दोस्रो खेलमा जित हात पारेको छ । जर्मनीका लागि खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै अग्रता दिलाए । 

 

त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो । तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । नेदरल्याण्ड्सका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए । 

null

 

समूह आई अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शून्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शूयले अगाडि राखे । 

 

तर त्यसपछि बेल्जियमले बारम्बार मौका पाउदा पनि थप गोल गर्न सकेन र दुई शून्यको जित हात पार्यो । यस्तै अर्को खेलमा पोल्याण्डले लातभियालाई दुई शून्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *