निर्वाचन आयोगको निर्णयविरुद्ध विवेकशील नेपाली दल सर्वोच्चमा

 

चैत १३, काठमाडौं । विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध आवश्यक प्रक्रिया पुरा गर्दासमेत दल दर्ता गर्न अस्वीकार गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको छ । दल दर्ता हुन नसक्ने आयोगको निर्णय कानूनविपरित भएको भन्दै विवेकशील दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो । 

आयोगको निर्णय अन्यायपूर्ण र कानूनविपरित भएको विवेकशीलको भनाइ छ । 

null

विवेकशील साझा पार्टीबाट फुटेपछि विवेकशील नेपालीले दल दर्ताका लागि गत पुस २७ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले फागुन २८ गते संख्या नपुगेको भन्दै दल दर्ता हुन नसक्ने निर्णय गरेपछि विवेकशील अदालत पुगेको हो । 

विवेकशील साझाका ३७ जना केन्द्रीय सदस्यमध्ये १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि आयोगमा निवेदन दिएको जानकारी दिइएको छ । सो संख्या राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको दल सम्बन्धी ऐनको दफा ३३ (२) ले निर्दिष्ट गरे बमोजिम ४० प्रतिशत भन्दा बढी भएको दाबी गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =