शान्ति सुरक्षालाई मजबुत बनाउन उच्च प्रविधिको हाईटेक सिसी क्यामरा जडान गरिने

चितवन, २४ फागुन । चितवन जिल्लामा शान्ति सुरक्षालाई थप मजबुत बनाउन उच्च प्रविधिको हाईटेक सिसी क्यामरा जडान गरिने भएको छ । पछिल्लो समय अपराधिक क्रियाकलाप बढेपछि प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा कायमसगैँ अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन उच्च प्रविधिको नाईटभिजनसहित हाईटेक सिसि क्यामेरा जडान गरिने भएको हो ।
जसको लागि जिल्लाको उत्तर भेग पर्ने मौवा खोला देखि लोथरसम्म हाईटेक सिसि क्यामरा जडान गर्न तयारी सुरु गरेको चितवनक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले प्रशासनबाट अनुमति नलिईकन सिसि क्यामरा राख्न नपाईने निति आएको जानकारी गराउदै सहकार्यबाट जडान हुने सिसि क्यामराले शान्ति सुरक्षा बजबुत बनाउन थप टेवा पुग्ने बताए ।
null
“चितवन देशकै केन्द्र भागमा छ, सुरक्षा चुनौती पनि त्यतिकै छ, उनले भने, अब समय अनुसार प्रविधिमैत्री बन्दै सिसि क्यामरा जडान नगरिए समस्या आउने भएर यस्तो सहकार्यमा जुटेका हौँ ।”
प्रजिअ बस्नेत र चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिलसिहं राठौरको सक्रियतामा जिल्लाका सबै स्थानिय सरकारका प्रमुख, प्रतिनिधि,सुरक्षा प्रमुखसहित उद्योगी र व्यवसायीहरुको भेलाले यस्तो निर्णय गरेको हो । जसका लागि सहयक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा जिल्लाका सिसि क्यामरा जडान सक्रिय रहेके थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुके सम्मिलित कार्यदल समेत गठन गरिएको छ । कार्यदल एक हप्ता भित्र जिल्ला मौवाखोला देखि लोथर सम्म कति सिसि क्यामरा राख्ने र बजेटको सिलिग गरेपछि जडान कार्य अगाडी बढाईने प्रजिअ बस्नेतले बताए ।
हाल जिल्लाको भरतपुर महानगरपालिकामा मात्रै थर्ड भिजनको नेतृत्व ३७ वटा क्यामेरा राखे पनि ५ वटाले मात्रै काम गरेका कारण समस्या भएको चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौरले बताए । “अहिले अपराध बढ्दो क्रममा छ प्रहरी प्रमुख राठौरले भने, अब त्यसलाई प्रविधिको सहायताले अनुसन्धन गर्न छौड्यौँ भने अपराध पत्ता लगाउन असफल हुन्छ, यसकारण अब जिल्लाको प्रमुख स्थानमा सिसी क्यामरा आवश्यक छ । ” प्रविधिको सहायतबाट छिटो अनुसन्धन हुने भन्दै आफुहरुले शहरी क्षेत्रलाई मुख्य आधार बनाई काम गरे पनि अहिले धेरै समस्या आएपछि सिसि क्यामरा विस्तारमा जोड दिएको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुकेले आफुहरु झण्डै पौने करोड बढी खर्च जुटाएर जिल्ला सदरमुकाम भरतपुरमा ३७ वटा क्यामरा जोडे पनि मर्मत संभारका लागि स्रोत दिगो बनाउन नसक्दा समस्या आएको बताए । कार्यक्रममा चितवनका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरुले यो कार्य छिटो भन्दा छिटो पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । चितवनमा झण्डै १ सय बढी हाईटेक क्यामरा जडान गरी स्थानीय तह, प्रहरी कार्यालय र प्रशासनबाट अनुगमन गरिने समेत जनाईएको छ ।








