श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

 

चैत १, विराटनगर । विराटनगरमा जारी पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्स बाहिरिएको छ । 

शुक्रबार भएको श्रीलंका र माल्दिभ्सबीच भएको खेलमा श्रीलंकाले २–० गोल अन्तरको जित निकालेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हो । २०६८ सालमा घरेलु मैदानमा सम्पन्न दोश्रो साफमा श्रीलंकाले पहिलोपटक अन्तिम चारको यात्रा तय गरेको थियो। सो प्रतियोगितामा श्रीलंका नेपालसंग ३–० ले पराजित भएको थियो। 

null

श्रीलंकाका लागि चलानीकुमारी इकानायाकेले २ गोल गरिन् । टीमका अन्य खेलाडीले गोल गर्न सकेनन् । 

समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *