आईपीएल: रसेलले आक्रमक व्याटिङ गरेपछि कोलकाताको शानदार जित

एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । कोलकातास्थित इडन गाडेन मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रनको बलियो योगफल तयार पारेको थियो । 

 

यसका लागि डेभिड वार्नरले ८५ रनको विस्फोटक इनिङ खेले । ५३ बलमा वार्नरले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । विजय शंकरले पनि अविजित ४० रनको योगदान दिए । २४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै जोनी बेर्ष्टोले ३९ रन जोडे । 

null

१८२ रनको लक्ष्य कोलकाताले २० ओभर पूरा हुन दुई बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताका लागि नितिस रानाले ६८ रनको जोडे । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । एन्ड्र्यू रसेलले १९ बलमा ४९ रन बनाउँदा चार चौका र चार छक्का प्रहार गरे । रोबिन उथपाले ३५ तथा शुभमन गिलले १८ रनको योगदान दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *