दाङमा पन्ध्र सयलाई स्वरोजगार तालीम

 

चैत ३, तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । 

राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए । 

null

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ । ‘नेपाल सरकारले देशभरि ४२ हजारलाई तालीम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश नंं ५ अन्र्तगत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालीम शुरु गरेका छौँ’, उनले भने । 

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ । त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम शुरु भएको छ । 

बीस जना सहभागी रहेको तालीमको प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरी रहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *