घेदुङद्धारा गोले र पाख्रिनलाई सहयोग

धरान, ४ चैत्र । घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले र सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई नेपाल तामाङ घेदुङ सुनसरीले आर्थिक सहयोग गरेको छ । अध्यक्ष गोलेको उदयपुर गाइघाटस्थित दश धुर जग्गा सडक विभाग तथा नापीको लापारवाहीबाट सडकको नाममा पर्न गएकाले आर्थिक संकलन गरी आवस निर्माण गर्न सहयोग प्रदान गरिएको हो । 

अध्यक्ष गोलेले तामाङ लगायत समग्र आदिवासी जनजाति समुदायको उत्थानको आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाको मूल्यांकन गर्दै घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान र नगर सदस्य चित्रा पाख्रिनको पहलमा रु १,४२,८५५ संकलन गरी आवस निर्माण गर्न सहयोग प्रदान गरिएको हो । 

 

null

त्यसैगरी नेपाल तामाङ घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान, नेपाल तामाङ घेदुङ संस्कृति घेदुङ सुनसरी, नेपाल तामाङ घेदुङ धरान ८ र धरान १६ इकाईको पहलमा लामो समयदेखि मुटु र मृगौला सम्बन्धि रोगबाट ग्रस्त सुनसरी घेदुङका चौकीदार क्षेदबहादुर पाख्रिनलाई स्वास्थ्य उपचारार्थ रु २१,००० सहयोग प्रदान गरिएको छ । 

 

गोले र पाख्रिनलाई घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, सुनसरी जिल्ला अध्यक्ष सुरज लामा पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान लगायतले सहयोग प्रदान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *