मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मन्त्री अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम ८ बजेदेखि हुने

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम आज हुने छ । शवको पोस्टमर्टमको काम ‍हिजो नसकिएकाले आजका लागि श्रद्धाञ्जली कार्यक्रम सारिएको थियो । 

श्रद्धाञ्जली कार्यक्रम आज बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो । 

null

प्रतिकृयाहरु
Loading...