युरो कप छनोट: पोर्चुगल बराबरीमा रोकियो, रोनाल्डो भए घाइते

एजेन्सी । युरो कप छनोट फुटबलको आफ्नो दोस्रो खेलमा पनि साविक विजेता पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार बिहान घरेलु मैदानमा खेलिएको आफ्नो दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको हो । दोस्रो खेलमा पोर्चुगललाई सर्बियाले १—१ गोलको बराबरीमा रोकेको हो । 

यसअघि आफ्नो पहिलो छनोट खेलमा पोर्चुगललाई उसैको घरेलु मैदानमा युक्रेनले गोलरहित बराबरीमा रोकेको थियो । खेल सुरु भएको सातौं मिनेटमै सर्बियाले अग्रता लिएको थियो । सर्बियाका लागि डुसान टाडिचले पेनाल्टीमार्फत गोल गरेका थिए । तर, पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि पोर्चुगलका लागि ड्यानिलो पेरेइराले जवाफी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । 

 

null

करिब ७० प्रतिशत समय बलमाथि नियन्त्रण राखे पनि पोर्चुगलका खेलाडीले सर्बियाको बलियो रक्षापँक्तिलाई चिर्न सकेनन् । खेलका क्रममा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगललाई दोहोरो घाटा लागेको छ । रोनाल्डो ह्यामस्ट्रिङ समस्याबाट पीडित भएको बताइएको छ । उनी ३१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । 

 

सोही समूहको अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई उसैको मैदानमा २—१ गोलले पराजित गर्‍यो । दुई खेल खेलेको युक्रेन चार अंकसहित पहिलो, लग्जम्बर्ग तीन अंकसहित दोस्रो र पोर्चुगल दुई अंकसहित तेस्रो स्थानमा छन् । यसैगरी एक खेल खेलेको सर्बिया एक अंकसहित चौथो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *