‘उपकुलपति बर्खास्त उहाँकै कारणले भएको हो, हटाउँदैमा कारवाही सकिँदैन’ स्वास्थ्यमन्त्री

उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादव अकस्मात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरिक्षणमा गएका छन् । मन्त्री यादव आज विहानको फस्ट फ्लाइटमा धरान स्थित प्रतिष्ठानको निरिक्षणमा गएका हुन् ।  

विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका मन्त्री यादव किन धरान स्थित प्रतिष्ठान गए ? सर्वत्र चासो बढेको छ । यस विषयमा मकालु खबरका धरान संवाददाता भरतराज शर्माले उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री यादव संग छोटो कुराकानी गरेका छन् ।  

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बर्तमान अवस्था बुझ्न र अब प्रतिष्ठानलाई कसरी प्रतिष्ठित संस्थाका रुपमा अगाडी बढाउन सकिन्छ भनेर तपाईहरु लगायत प्रतिष्ठानमा आबद्ध सबैलाई भेटघाट गर्न आएको हुँ । प्रतिष्ठानमा केके समस्याहरु छन् ? विरामीका के के समस्या छन् ? डाक्टरका केके समस्या छन् ? यी सबै विषयहरु हेर्न बुझ्नका लागि आएको हुँ ।  

null

यो विषय प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्री ज्यूले उपकुलपति नियुक्तिका लागि समिति गठन गरेर प्रक्रिया अगाडी बढाउनु हुन्छ ।  

यो कुरा तपाईहरुलाई पनि थाहै नभएको कुरा हैन । उहाँलाई बर्खास्त गर्ने कुरा म मन्त्री भएर आउनु भन्दा अगाडी नै भएको थियो । दीपक बोहरा मन्त्री हुँदा खेरी नै उपकुलपतिका विषयमा छानविन भएको हो । त्यसपछि पनि ३ वटा समितिले पनि छानविन गरेको छ । ति समितिहरुले दिएको प्रतिवेदन सिनेटमा प्रस्तुत भयो । सिनेटले त्यहि प्रतिवेदनका आधारमा निजलाई त्यहाँ राखिरहन उचित छैन भनेर ठहर गर्यो । र बर्खास्त गर्न सिफारिस गर्यो । त्यो उहाँकै कारण भएको हो ।  

 

हटाउँदैमा कारवाही सकिँदैन, यो विषयमा अख्तियारमा फायलहरु गइसकेको छ । वीपी प्रतिष्ठानमा भएका जतिपनि आर्थिक कृयाकलापहरु थिए, त्यो हेर्ने अख्तियारले हो । अब अख्तियारले आर्थिक अनियमितताका सन्दर्भमा छानविन गर्छ ।  

भ्रष्टाचार अनियमितता लगायत धेरै कुराहरु छन् । आर्थिक भ्रष्टाचारको विषय अख्तियारमा गइसकेको छ ।  

स्वास्थ्य संस्थामा भएका अनियमतिता, भ्रष्टाचार निर्मुल गर्ने अभियान सुरु भएको छ । अनियमितता, अराजकता, भ्रष्टाचार र कूशासनको अन्त्य गर्ने प्रक्रिया सुरु भएको छ ।  

भ्रष्टाचारमा संलग्न सबै पदाधिकारीको छानविन हुन्छ । सबैका फायल अख्तियारमा गइसकेको छ ।  

त्यसले मलाई प्रभाव पार्दैन । अगाडी पैसाको चलखेल भएको कुरा छानविन भएपछि भनौला । अब चैं त्यस्तो हुँदैन । अहिलेको बर्खास्त अनियमितता भएरै भएको हो ।  

पहिला समिति बन्छ, त्यसले प्रक्रिया अगाडी बढाउँछ । दरखास्त आब्हान गर्छ । छलफल गर्छ, पछि प्रिजेन्टेशन गराउँछ । त्यसपछि उपकुलपति नियुक्ति हुन्छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *