नेकपा (विप्लव) का नेता ओलीलाई थुनामुक्त गराउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

 

चैत १४, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थायी समति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई थुनामुक्त गराउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । 

सरकारले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै थुनामुक्त गराउन उनकी छोरी विपना ओलीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् । 

null

ओलीलाई यही चैत ९ गते पार्टीको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने क्रममा सादा पोसाकमा रहेका प्रहरीले पक्राउ गरेको थियो । 

सर्वोच्चमा दर्ता गरिएको मुद्दामा भनिएको छ, ‘ओली कुनै पनि आपराधिक संगठनमा संलग्न नभएको र जिम्मेवार राजनीतिक दलमा सक्रिय रहेकोले राजनीतिक पूर्वाग्रहमा पक्राउ गरिँदा नेपालको संविधानले दिएको राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रताको हनन गरी पक्राउ गरिएको हो ।’ 

मुद्दामा गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, प्रभाग प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिप्रका काभ्रेका प्रमुख, ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ । 

सरकारले फागुन २७ गने नेकपा (विप्लव) समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवका कार्यकर्तालाई धमाधम पक्राउ गर्ने क्रम थालेको थियो । प्रहरीले यसबीचमा ४४ जिल्लाबाट विप्लवका १ सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको छ। 

सरकारले प्रतिबन्ध लागाएपछि विप्लव पार्टीका नेता कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरुले प्रतिबन्ध नहटाए सरकारमाथि नै प्रतिबन्ध लगाई आन्दोलन थाल्ने चेतावनी समेत दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *