रोकेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एकको मृत्यु, दुईजना गम्भीर घाइते

नवलपरासी, ३ चैत्र । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा बिग्रिएर रोकेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा दाङका १८ वर्षीय अनराम रुखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

null

प्रहरीका अनुसार, कावासोती खरबट्टा जंगलमा बिग्रिएर रोकेर राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक ठोक्किएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =