तीन पेटी गुणस्तरहीन मदिरा नष्ट

फागुन २६, बाजुरा ।  बाजुराको धुलाचौरमा रहेको अस्थायी प्रहरी पोष्टले तीन पेटी गुणस्तरहीन मदिरा बरामद गरी नष्ट गरेको छ । खच्चडबाट बोकेर मुगुको खत्याड गाउँपालिका लैजाँदै गरेको अवस्थामा दिवाना नामक गुणस्तरहीन तीन पेटी मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

मुगुका दलचन्द्र थापाले चामलको बोराभित्र लुकाएर मदिरा मुगु लैजाँदै गरेका थिए । कोल्टीबाट मुगु जाँदै गर्दा प्रहरीको गस्ती टोलीले सुराकीका आधारमा बरामद गरेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । दशैँपछि बाजुरामा अहिले सम्म चार हजार अवैध घरेलु मदिरा र गुणस्तहीन रक्सी बरामद गरी नष्ट गरिएको प्रमुख भाटले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *