एन आई सी एशिया बैंक अब सप्तरीको महादेवामा

 

फागुन २८, सप्तरी । एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवा गाउँपालिकामा सञ्चालनमा आएको छ । सप्तरी महादेवा गाउँपालिका वडा नं ६ को उक्त शाखाको आज सोहि गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले उद्घाटन गरेका छन् ।  

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले तराईका ग्रामिण क्षेत्रमा बैंकले शाखा विस्तार गरेर जनतालाई सवल रुपमा बैकिङ सेवा दिएको प्रति प्रशंशा ब्यक्त गरे ।  

null

एन आइ सी एशिया बैंकको हाल मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । करिब १४ लाख ५० हजार ग्राहक रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । 

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बताएको छ । बैंकले हरेक संम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *