विराटनगरमा नशारहित होली कार्यक्रम हुँदै
२०७५ चैत १ गते

फागुन ३०, काठमाडौं । विराटनगरमा आउँदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८ः३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक कार्यक्रम गर्न लागिएको आयोजक दिपक चापागाईंले जानकारी दिए । विहिवार विराटनगरमा आयोजना गरिएको एउटा बैठकबाट आयोजक कमिटी गठन गरी विराटनगरका १५ वढि संघसंस्थाको आयोजनामा उक्त सामाजिक कार्यक्रम गरिन लागेको हो ।
कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री, मन्त्री देखि कलाकार दिपाश्री निरौला, सुमित खड्का लगायत विराटनगरका विभिन्न समुहको उपस्थिति रहने छ । साथै कार्यक्रममा लागुऔषध र मदिराजन्य पदार्थको जनचेतनामूलक टिसर्ट साथै ब्यानर पनि लगाईने बताइएको छ ।
null
२०७५ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








