कांग्रेसले पहिले आफ्नो पार्टी व्यवस्थित गर्नु आवश्यक छः प्रकाशमान सिंह

 

चैत ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान मुलुकमा भ्रष्टाचार बढेको बताएका छन् । 

शुक्रबार चावहिलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भ्रष्टारमा शून्य सहनशिलता भन्दै बोलेका कुरा पुरा गर्न नसकेको उनले दाबी गरे । 

null

दुई तिहाईको सरकारले मुलुकमा शान्ति–समृद्धि कायम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘दुई तिहाईको सरकारले मुलुकमा समृद्धि ल्याउन सकेन । निर्वाचन अगाडीको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा छ मुलुक । सरकार पुरै असफल भयो ।’ 

यस्तै उनले सरकारले काठमाडौँको धुवाँ धुलो व्यवस्थापनमा पनि हेलचेक्र्याईँ गरेको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्नुभएको थियो तर यहाँ वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हुन्छ । जनताको चित्त कसरी बुझाउने ? ’, उनले भने । 

पार्टीको प्रसंग निकाल्दै उनले कांग्रेस पहिले एकढिक्का हुनुपर्ने उल्लेख गरे । विगतका गल्ती तथा कमी कमजोरीहरु सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्छ । त्यसपछि मात्रै च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सकिन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *