अज्ञात समूहद्वारा दुई ट्रकमा आगजनी

 

फागुन ३०,  नवलपरासी ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ । 

पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन खासै चलेका छैनन् । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा बढी मात्रामा रहेको पाइन्छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ तुलसीपुर चोकमा रोकी राखिएको दुई ट्रकमा आगजनी भएपछि बन्दको प्रभाव झन बढी देखिएको हो । 

null

राति १ बजेको समयमा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुवै ट्रकको पछिल्लो दुई चक्का अर्ध जलेको प्रहरीले जनाएको छ ।दुवै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकलाई पुर्ण क्षति हुनबाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले नलिएकाले ट्रकमा आगो लगाउने समुह अज्ञात रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *