आइपीएल: बेंग्लोरमाथि मुम्बईको रोमान्चक जित

एजेन्सी । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बइ इण्डियन्सले विराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो । विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरको भने यो लगातार दोस्रो हार हो । 

बैंगलोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८७ रन बनाउँदै १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मुम्बइका लागि रोहित शर्माले सर्वाधिक ४८ रनको योगदान गरे । 

 

null

त्यस्तै सुर्य कुमार यादवले ३८ रन जोड्दा पाण्डयले अविजित ३२ तथा क्विनटन डी कक र युवराज सिंहले समान २३/२३ रन जोड्न सफल भए । बलिङतर्फ बैंगलोरका युजभेन्द्र चाहलले सर्वाधिक चार विकेट लिए । त्यस्तै मोहमद सिराज र उमेश यादवले समान २/२ विकेट लिन सफल भएका थिए । 

 

१८८ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका लागि एबी डेभिलियर्स नट आउट ७० रन बनाए पनि हार टार्न भने सकेनन् । यसैगरी विराट कोहलीले ४६ रन बनाउँदा पार्थिब पटेलले ३१ रन जोडे । ४६ रन सहित विराटले ५ हजार रन पनि पूरा गरेका छन् । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *