सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला लाग्दै

विराटनगर, ४ चैत्र । हरेक दिन बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर उद्योग संगठन मोरङको अग्रसरतामा सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । मंगलबार ५ गते मेला आयोजना गर्न लागिएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । दुहबी नगरपालिका, बूढीगंगा गाउँपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो । 

मेलामा सिटिइभिटी, ईन्स्योर, मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यावसायिक सीप तालिम प्रदायक संघ प्रदेश–१ को सहयोगमा हुनेछ । मेला बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने अध्यक्ष घिमिरेले बताए । 

 

null

आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार मेलाको प्रदेश–१ का मुख्यमनत्री शेरधन राईले उद्घाटन गर्नेछन् । मोरङ सुनसरी औद्योगिक क्षेत्रमा ६ सयभन्दा बढी उद्योग छन् । जसमा ७० हजारभन्दा बढी मजदुर कार्यरत छन् । अझै ५ हजार मजदुरको आवश्यकता रहेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *