सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवकाे चेतावनी, भाेलिबाटै आन्दोलन

 

चैत १२, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारमाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । 

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि आक्रोशित बनेको विप्लवले तत्काल प्रतिबन्ध नहटाए सरकारमाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । 

null

पार्टीका महासचिव विप्लवले सोमबार बेलुकी एक वक्तव्य जारी गर्दै चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरु विरुद्ध प्रतिबन्ध र आमहड्तालको तयारी गर्ने चेतावनी दिएका हुन् । 

सरकारले प्रतिबन्धको घोषणा गरेलगत्तै विप्लवका कार्यकर्तालाई धमाधम नियन्त्रणमा लिन सुरु गरेको छ । पछिल्लो पटक विप्लव पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलगायत नेता–कार्यकर्ताहरु पक्राउ परिरहेका छन् । पार्टीका नेता कार्यकर्ताहरु गिरफ्तार पर्न थालेपछि महासचिव विप्लवले आन्दोलन कार्यक्रमको घोषणा गरेका हुन् । 

नेता विप्लवले पार्टी स्थायी समिति बैठकले मंगलबारदेखि चरणबद्ध संघर्षका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चैत २४ सम्मका लागि घोषित कार्यक्रममा देशभर चोक जुलुस, कोणसभा, मशाल जुलुस, अन्तक्र्रिया, जनसभा, कालो झन्डा देखाउने तथा विभिन्न जनवर्गीय संगठनहरुले समेत विरोध गर्नेलगायत छन्। 

सरकारले आफ्नो असफलता, बदनामी र संकटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै प्रतिबन्ध घोषणा गरेर फाँसिवाद लाद्न खोजेको विज्ञप्तिमा भनिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *