नेबिकोको ब्रन्च बटर कुकिज रुचाउँदै उपभोक्ता

 

चैत्र ५, काठमाडौं । नेबिको विस्कुटले बजारमा ल्याएको नयाँ विस्कुटले उपभोक्ताको मन जित्दै गएको छ । भर्खरै बजार ल्याइएको ब्रन्च बटर कुकिजलाई उपभोक्ताले मनपराएका हुन् । 

अन्तराष्ट्रिय स्तरको क्वालिटीमा उत्पादन गरिएको ब्रन्च बटर कुकिज खाँदा उपभोक्ताले अन्य विस्कुटको दाँजोमा नरम, फरकपन र प्राकृतिक बटरको स्वाद पाउने नेबिको प्रा.लिका ब्राण्ड प्रमुख अरुण पौड्यालले बताए । 

null

‘ब्रेक फास्ट होस या लन्च सधैं नेबिको ब्रन्च’ भन्ने स्लोगन सहित बजारमा आएको ब्रन्च बटर कुकिज खाद्य विज्ञको प्रत्यक्ष निरिक्षण र परिक्षणमा उत्पादन गरिएको हो । ९० ग्रामको प्याकेटमा उपलब्ध ब्रन्च बटर कुकिजमा ७१ प्रतिशत कार्वोहाइट्रेड, २० प्रतिशत फ्याट, ८.५० प्रतिशत प्रोटिन र ५१० क्यालोरी इनर्जी भ्याल्यु रहेको छ । ब्रन्च बटर कुकिजको बजार मुल्य प्रति प्याकेट रु २० मात्र कायम गरिएको छ । 

‘ब्रन्च बटर कुकिज विषेशगरी बालबालिका, किशोरकिशोरी तथा युवायुवतिका लागि लक्षित गरि उत्पादन गरिएको भएपनि सवै उमेर समुहले ब्रेक फास्ट वा खाजाका रुपमा प्रयोग गर्न सक्छन् । यसमा रहेको पोषण तत्वले हाम्रो शरीरमा आवश्यक क्यालोरी भर्न सहयोग पुर्याउँछ ।’ कम्पनीका ब्राण्ड प्रमुख पौड्यालले भने । 

 

ब्रन्च बटर कुकिज अन्तराष्ट्रिय रुपमा पाइने ब्राण्डहरुलाई ध्यानमा सोहि अनुरुप बजारमा अनुन्धान गरी ग्राहकले रुचाउने स्वादमा तयार पारिएको छ । यसमा अन्तराष्ट्रिय ब्राण्डका विस्कुटकै स्वाद र क्वालिटीमा रहेको छ । 

नेबिको ब्रन्च बटर कुकिजलाई विद्यार्थी, युवायुवति तथा वर्षौंदेखि नेबिको विस्कुट खाँदै आएका उपभोक्ताले अत्याधिक रुचाएको कम्पनीको दावि छ । यो विस्कुटलाई कम्पनीले धेरै समय रिसर्च गरेर उत्पादन सुरु गरेको बताएको छ । नेपालमा अन्तराष्ट्रिय स्तरको विस्कुटहरु कमै मात्रामा उत्पादन भइरहेको अवस्थामा नेबिकोले अन्तराष्ट्रिय स्तरको क्वालिटी मेन्टेन गरी विस्कुट उत्पादन गरेको दावि गरिएको छ । 

नेबिको प्रा.लि. नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी हो । सन् १९६४ मा स्थापना भएको नेबिको प्रा.लि.ले सुरुका दिनमा उत्पादन गरेको थिनआरोट, ग्लुकोज, कोकोनट, खाजा विस्कुट उपभोक्ताले अत्याधिक रुचाएका छन् । 

नेपालकै अग्रणी विस्कुट कम्पनीमा दर्ज भएको नेबिकोले २२ ब्राण्डका विभिन्न साइज र मुल्यमा ५२ प्रकारका विस्कुट उत्पादन गर्ने गरेको छ । आइएसओ ९००१ः२०१५ सर्टिफाइड नेबिकोले नेपाल गुणस्तर प्रमाण चिन्ह समेत प्राप्त गरेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *