प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुँदैन भन्ने इतिहासबाट किन नबुझेको ?

 

सरकारले विप्लब माओवादीलाई प्रतिबन्ध लगाएर गलत गरेको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । मंगलबार सरकारले विप्लब माओवादीमाथि लगाएको प्रतिबन्धका विषयमा मकालु खबरसँग कुरा गर्दै वार्ताद्वारा समाधान हुने विप्लब माओवादीलाई आतंककारीको विल्ला लगाएर सरकारले ठिक नगरेको डा. कोइरालाको भनाई छ । 

गलत र सहित भन्दा पनि सिके राउत विखण्डनकारी जसले मधेश छुट्टै बनाउनुपर्छ भनिरहेको छ, त्यसलाई नेकपाका केहि साथीहरुले नै पुष्टि गर्दै हुनुहुन्छ । तर, ११ बुँदे समझदारी जसले पढेको छ त्यसले राम्ररी बुझ्छ कि सिके राउतले अहिलेपनि देश विखण्डन गर्ने अभियान छोडेका छैनन् । सरकारमा बसेका मन्त्रीहरु र तिनका सल्लाहकारले के भन्छन् त्यसमा मेरो सरोकार छैन । उहाँहरुको कामै हो सरकारको डिफेन्स गर्ने । तर, सिके राउतलाई संरक्षण गरेर विप्लबलाई चाहिँ प्रतिबन्ध लगाउनु ठिक भएन । बार्ताद्वारा समाधान हुने विप्लब समुहलाई आतंककारीको विल्ला लगाएर पार्टी प्रतिबन्ध लगाउने खेल भयो । 

null

मैले विप्लब माओवादीले गरेका काम सहि हुन् भनेकै छैन । उहाँहरुको कृयाकलाप गलत छन् । निहत्था जनता मरेका छन्, बम राखेर त्रास फैलाइएको छ, उद्योगी ब्यापारीलाई जवरजस्ती चन्दा मागेर लुटिएको छ । तर, सरकारले नै पहल गर्नुपर्ने होनी । समस्या समाधानको लागि ट्रयाक १ (प्रतिबन्ध) हैन, ट्रयाक २ (वार्ता) गर्नुपर्दथ्यो । 

रामबहादुर थापा बादल सँग वार्ता गरेको होकी हैन ? उहाँहरुले पनि गोली गठ्ठा लिएर निहत्था जनता मारेको हैन ? उहाँहरुसँग चैं सरकारले वार्ता गर्न हुने, अहिले विप्लब समुहले एउटा दुईटा घटना घटाइहाल्यो भन्दैमा आतंककारी जस्तो ब्यवहार गर्ने ? यो गलत भयो । 

के फरक छ ? प्रचण्डजी मुलधारको राजनीतिमा आउनु भो राम्रो भयो ? विप्लबजी प्रचण्डबाट बाहिरिनुभयो त्यसकारण नराम्रो भन्ने ? यो कुरा गलत हो । 

राजनीति गर्ने संगठनहरुबाट यस्ता गतिविधि भइरहन्छन् । यसलाई म अन्यथा भन्दिन तर, वार्ता र संवाद वाहेक अर्को उपाय पनि त हामीसँग छैन । जुन कुरालाई दवाइन्छ, त्यहिँ विष्फोट हुन्छ । विप्लबलाई त्यहि गर्न खोजिँदैछ । 

विप्लब पक्ष पनि नरम हुनुपर्यो त्यसमा कुनै शंका भएन । तर, तपाईहरुकै मिडियामा आएको छ, सरकारले पहल गरेकै देखिएको छैन । दुवैपक्ष नरम भएर आउनुपर्दछ । 

सिके राउतले मुलुक विखण्डन र जनमत संग्रहको कुरा छोडेर सहमति गरेको भए एकदम राम्रो हो तर, उहाँका हर्कतले उहाँले यी दुई कुरा छोड्नु भएको छैन भन्ने देखिन्छ । उहाँको जनकपुरको कृयाकलाप, उहाँको दाजुले दिएको अन्र्तवार्ता हेर्दा उहाँले आजको दिनसम्म पनि मधेश देश भन्ने कुरा छोड्नु भएको छैन । जनमत संग्रह गर्ने अडान छोड्नु भएको छैन भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यसमा पनि ११ बुँदे सहमतिमा समेत जनअभिमतद्वारा गर्न सकिनेछ भनेर लेखिएकै छ नी । 

मैले बारम्बार यहि कुरा गरिराखेको छु, सरकारले गलत गर्यो । 

पहिले सिके राउतले स्वतन्त्र मधेशलाई छाड्नु पर्यो । सरकारसँग सहमति गरेर उहाँ जनकपुर जाँदाखेरी प्लेकार्ड, ब्यानरमा स्पष्ट लेखिएको थियो कि, ‘मधेश न्यू कन्ट्री इन एशिया’ अब यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्यो कि परेन ? ‘मधेश इज न्यू कन्ट्री इन एशिया ?’ जनतालाई प्रधानमन्त्रीले जवाफ दिनुपर्यो । 

अब तपाईहरुले प्रधानमन्त्रीलाई सोध्नुस । के अब नेपालका सन्दर्भमा जनमत संग्रह गराउने ? सिके राउतलाई पनि सोध्नुपर्छ नी, तपाईले स्वतन्त्र मधेशको नारा कहिले त्याग्नुहुन्छ ? युएनएफपिएको सदस्यता किन त्याग्नुहुन्न ? स्वतन्त्र मधेश गठबन्धन कहिले त्याग्नुहुन्छ ? 

मुलुकमा स्थिर शान्ति कायम गर्न र विखण्डनको मुद्दा हल गर्न दुवै पक्ष उत्तिकै महत्वपूर्ण छन् । सिके राउतको विषय देशै अलग गर्ने छ, विप्लबको राजनीतिक एजेण्डा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसकारण दुवैलाई महत्वका साथ राखेर वार्ता गर्नुपर्दथ्यो । 

विप्लबलाई आतंकाकारी घोषणा गरेर समस्या समाधान हुँदैन भन्ने कुरा प्रचण्ड जीको माओवादीको बेला देखि नै मैले भन्दै आएको कुरा हो । त्यत्तिखेर बार्ताद्वारा नै समस्या समाधान गरिनुपर्छ भनेर गिरिजाबाबुले मलाई सहभागी गराउनु भएको हो । विप्लबमा पनि त्यहि लागू गर्नुपर्दथ्यो । कुनैपनि कुरालाई प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुन्छ र भन्या ? विप्लबलाई आतंककारी घोषणा गरेर समस्या समाधान हुथ्यो भने, आज विराटनगर जस्तो ठाउँ यसरी सुनसान हुने थिएन । 

तत्कालिन शेर बहादुर देउवा सरकारले माओवादीलाई पनी प्रतिबन्ध लगाएको हैन र ? टाउकाको मोल तोकेको हैन र ? आखिरमा बार्ताबाटै मुलधारमा ल्याइयो । प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुँदैन भन्ने कुरा इतिहासबाट किन नबुझेको ? अब पुनः त्यहि गल्ती किन गर्ने ? 

सिके राउतका पक्षमा सरकारले सहमति गरिसकेको छ, अब उसका गतिविधिहरु हेर्नुपर्छ । स्वतन्त्र मधेशका कृयाकलाप गर्न दिनुभएन । गतिविधि गर्ने वित्तिकै सरकार कडा हुनुपर्यो । विप्लबका पक्षमा ट्रयाक टु, अर्थात वार्ताको विकल्प छैन । त्यो पनि सरकारबाटै पहल हुनुपर्छ । तपाईलाई हास्यास्पद लाग्दैन ? देशको गृहमन्त्री जो एक डेढ वर्ष अघि विप्लबसँगै काँधमा काँध मिलाएर हिँड्नुहुन्थ्यो, अहिले हाम्रो भेटघाटै भएको छैन भनेर तपाई पत्याउनु हुन्छ ? 

ब्यक्तिगत सँगै पार्टीगत टकराव पनि देखिन्छ । विप्लब पार्टी फुटाएर आएका छन् । राष्ट्रिय राजनीति गर्नेहरुले ब्यक्तिगत कारण देखाएर अर्को पार्टीलाई प्रतिबन्ध लगाउँछ भने, त्यहाँ नेतृत्वका अभाव देखिन्छ । अहिले बर्तमान सरकारमा सक्षम नेतृत्व अभाव देखिएको छ । राजनेताको अभाव देखिएको छ । 

गिरिजाबाबुले देख्नुभयो, जिल्ला दौडनु भयो, सबै कुरा बुझ्नु भयो । प्रतिबन्ध लगाएर हुँदैन रहेछ, अनी बार्ताद्वारा नै समस्या समाधान गर्नतिर लाग्नु भो । अहिलेका नेताहरुले पनि त्यो नजिरलाई हेर्नुपर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *