नेपाल एयरलाइन्सका कर्मचारीको मनपरिले यात्रुहरुलाई सास्ती

हुम्ला, १७ चैत्र । नेपाल एयरलाइन्स जहाजका कर्मचारीकै मनपरि उडानले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा अर्जुन बोहोराले लेखेका छन् । 

 

आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता बितिसक्यो, अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गरे । नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडानमा ठग्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे । 

null

नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि जहाजमा कहिले प्राविधिक गडबडी त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । दुर्गम हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *