विप्लव माओवादीका मोरङ इञ्चार्ज प्रज्ज्वल प्रक्राउ

 

चैत १३, धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ इञ्चार्ज पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौँ घर भइ मोरङ जिल्ला इञ्चार्ज कृष्ण कुमार श्रेष्ठ (प्रज्ज्वल) लाई बुधबार बिहान मोरङको सलकपुरबाट पक्राउ गरेको हो । उनलाई सुनसरीको ईटहरीतर्फ ल्याइएको छ । 

null

पक्राउ परेका श्रेष्ठलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी स्रोतले जानकारी दिएको छ । श्रेष्ठको साथबाट चन्दा रसिद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *