युरोकप छनोट: स्पेन, इटाली र स्वीडेनको विजयी सुरुवात

एजेन्सी । युरोकप छनोट फुटबलमा शनिबार राति आठ खेल भएका छन् । ती खेलहरुमा दावेदार टिम विजयी भएका छन् । समुह डी को खेलमा स्वीटजरल्याण्डले जर्जियालाई २–० ले हरायो । स्टेभन जुबेर र डेनिस जाकारियाले गोल गरे । आयरल्याण्डले भने जेफ हेन्रिकको गोलमा जिब्राल्टारलाई १–० ले हरायो । 

 

समूह एफ को खेलमा माल्टाले फारोइ आइल्याण्डलाई २–१ ले हरायो । त्यस्तै स्वीडेनले रोमानियालाई २–१ ले हरायो । रोबिन क्विसन र भिक्टर क्लासनले १–१ गोल गरे । रोमानियाका केसेरुले सान्त्वना गोल फर्काए । 

null

 

सोही समूहको स्पेनले नर्वेमाथि २–१ को जित निकाल्न सफल भयो । यो समूहका सबै खेल २–१ को नतिजामै सकिए । रोड्रिगो र सर्जियो रामोसले टिमका लागि गोल गरे । नर्वेका जोसुवा किंगले गोल गरे । 

 

समूह जे को खेलमा इटालीले फिनल्याण्डलाई २–० ले पराजित गर्यो । २०१८ को विश्वकपमै नछानिएको इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र मोइस किनले गोल गरे । समूहका अन्य खेलमा ग्रीसले लेचटेन्सटेनलाई २–० ले तथा बोस्निया हन्ड हर्जगोबिनाले अर्मेनियालाई २–१ ले हरायो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *