गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल कुवेतसँग बराबरीमा रोकियो

काठमाडौं । मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । कुवेतको घरेलु मैदानमा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेपछि नेपाल बराबरीमा रोकिएको हो । खेल अवधीभर कुवेतले गोलका लागि गरेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाउन सकेको थियो । 

नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले यता योहान कालिनको यो पहिलो खेल हो । उनले नेपाली टिमका लागि बराबरीको नजिताबाट प्रशिक्षकको जिम्मेवारी सुरु गरेका छन् । खेलमा नेपालका रवि पासवानले डेब्यू गरे । उनी ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । 

 

null

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा भएको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एशिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । 

मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आगामी मङ्गलबार दोस्रो खेल खेल्नेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ । नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८ औँ स्थानमा रहेको छ । 

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *