टिकट दर बढाएपछि दर्शकले गरे प्रदर्शन

 

चैत ८, विराटनगर । विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला फुलबल प्रतियोगिता अन्तर्गत खेलको टिकट मूल्य बढाएपछी खेलप्रमी दर्शकहरुले प्रदर्शन गरेका छन् । 

शुक्रबार हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दै छन् । नेपाल र भारतबीच हुने फाइनल खेलको टिकट दर बढाएको भन्दै दर्शकहरुले नाराबाजी गर्दै टिकट काउन्टर नै बन्द गराएका हुन् । 

null

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिएपनि अझै खुल्न सकेको छैन । 

यसअघिका खेल हेर्नका लागि दर्शकले २ सयदेखि ३ सय रुपैयाँसम्म तिर्दै आएका थिए । आज फाइनल खेल हेर्न भने ५ सय रुपैयाँ तिनुपर्ने आयोजकको भनाइ छ । 

शुक्रबार हुने प्रतिस्पर्धामा नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरिरहेका छन् । खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *