गोयन्का स्टिल्स उद्योगमा आगलागी, इलाममा ४ घर जले

 

                                                                    माइपोखरी नजिकैको बस्तीमा भएको आगलागी 

फागुन ३०, भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गोयन्का स्टिल्समा बिहीबार आगलागी भएको छ । 

null

दिउँसो २ बजेतिर उद्योग परिसरमा रहेको फर्मेस आयल ट्यांकी लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । 

प्रहरी र दमकल समयमै पुगेका कारण आगलागीबाट ठूलो क्षति हुन नपाएको रुपन्देही प्रहरीले जनाएको छ । 

यता इलामको माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेर ध्वस्त भएका छन् । 

सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको प्रहरीले जनाएको छ । 

सबै काठका घर भएका कारण चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलदा अन्य ३ जनाको घर पनि जलेको हो । 

क्षतिको विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *