एएफसी यू–२३ छनोट: नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ८ चैत्र । एएफसी यू–२३ छनोट च्याम्पियनसिपमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कतारको दोहामा मार्च २६ सम्म सञ्चालन हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित आयोजक कतार, ओमन र अफगानिस्तान छन् । 

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य छनोट रहेको बताएका छन् । नेपालले समूहको दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसँग खेल्ने छ । समूहको शीर्ष टोली सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपका लागि छनोट हुने छ । 

 

null

विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असीम भुसाल, विकास खवास, विश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरव बुढाथोकी छन् । टोलीमा हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नीतिन थापा र दीप कार्की छन् । टोलीको सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *